
शान्ति स्थापनाको लागि सामूहिक प्रयास आवश्यक – सशस्त्र प्रहरी महानिरीक्षक खनाल
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले हामी सवैको सामूहिक प्रयास र भावनाले मात्र शान्ति स्थापनाको कार्यलाई मजबुत र सफल बनाउन सकिने बताएका छन।
संयुक्त राष्ट्र संघको अनुरोधमा मित्रराष्ट्र चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको आयोजनामा यही सेप्टेम्बर ८ देखि ९ सम्म भएको शान्ति स्थापना सम्बन्धि अन्तर्राष्ट्रिय अनलाईन कार्यशालालाई “सेफ्टी एण्ड सेक्युरिटी अफ युएन पिसकिपर्स” विषयमा प्रमुख वक्ता को रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन।
महानिरीक्षक खनालले शान्ति स्थापनार्थ खटिएका कर्मचारीको सुरक्षाको लागि एम्बुस तथा माइनहरुबाट सुरक्षित रहन पर्याप्तम मात्रामा सचेतना र क्षमता अभिबृद्धि गर्नुपर्ने बताउनु हुँदैं शान्ति स्थापनार्थ परिचालन पूर्वको तालिममा यस सम्बन्धी क्षति न्यूनीकरण गर्ने उपाय बारे समेत प्रशिक्षण प्रदान गर्नुपर्ने बताए।
शान्ति मिसनको कार्यादेशलाई प्रभावकारी ढंगले पूरा गर्नको लागि फर्म्ड पुलिस युनिट र इन्डीभिजुअल पुलिस अफिसरको रुपमा खटिने सुरक्षाकर्मीको लागि खटिनु पूर्व मिसन लक्षित तालिम संचालन गर्नुपर्नेमा समेत उनले जोडदिए।
यसरी तालिम प्राप्तव र क्षमता भएका कर्मचारीहरु श्रोत साधन सम्पन्न भई परिचालित हुँदा आफू सुरक्षित रही प्राप्त् जिम्मेवारी प्रभावकारी ढंगले पूरा गर्न सकिने बताउदैँ महानिरीक्षक खनालले बदलिँदो सुरक्षा परिस्थिति र चुनौतीलाई मध्यनजर गर्दै मिसन लक्षित पूर्वतयारीले यसमा खटिने कर्मचारीको सुरक्षामा सहयोग पुग्ने बताए।
कुशल नेतृत्व¸ सामूहिक भावना र सहकार्य¸ अनुशासन¸ इमानदारी¸ सही योजना¸ समन्वय तथा कमाण्डरको क्षमता नै शान्ति स्थापनार्थ खटिएका कर्मचारीको
सुरक्षाको लागि महत्वपूर्ण हुने कुरामा जोड दिनुहुँदै उनले संयुक्त राष्ट्र संघ र यसका सदस्य राष्ट्र्हरुको तर्फबाट गरिएका कार्यलाई सार्थक बनाउनको लागि यस प्रकारका सम्मेलन महत्वपूर्ण हुने समेत बताए।
अरु समाचार
एक किलो आठ ग्राम अवैध सुनसहित एकजना पक्राउ
प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । जि...
रायभर धरौटीमा थुनामुक्त
सर्वोच्च अदालतको आदेशानुसार उमाशङ्कर रायभर रु २५ हजार धरौटी बुझाएर ...
विभिन्न देशका मुद्रा सहित पाकिस्तानी नागरि...
अबैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्रा सहित ...
२ सय ९६ कार्टुन मदिरा सहित ४ जना पक्राउ
विभिन्न ब्राण्डका मदिराहरु भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारो...
इच्छाराज तामाङविरूद्ध सम्पत्ति शुद्धीकरण अ...
सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरूद्ध सम्पत्ति शुद्धीकरण अनुस...
स्रोत नखुलेको नगद ५० लाख रुपैयाँ सहित पक्राउ
काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमा...
पाल्पा बस दुर्घटना, छ जना मृतकको सनाखत
पाल्पा बस दुर्घटनाका छ मृतकको सनाखत भएको छ । सात जनामध्ये एक जनाको ...
जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादी पक...
जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादी नुवाकोट सूर्यगढी गाउँपालिका...