प्रधान सेनापति प्रभुराम शर्माको पहिलो सम्बोधन

प्रधान सेनापति प्रभुराम शर्माको पहिलो सम्बोधन

 

प्रधान सेनापति प्रभुराम शर्माले पदबहाली गरे पछि सकल दर्जालाई पहिलो सम्बोधन गरेका छन।

नवनियुक्त प्रधान सेनापति महारथी  शर्माले जंगी अड्‍डास्थित सभामण्डपमा सकलदर्जाहरुलाई सम्बोधन गरेका हुन । सम्बोधनको क्रममा उनले आफ्ना प्राथमिकताहरु र आगामि कार्यदिशाका बारेमा जानकारी गराउनुका साथै सकलदर्जाहरुलाई निर्देशन दिएका थिए ।

नेपाली सेनाका सबै युनिटहरुमा Live Multicast गरिएको उक्त कार्यक्रममा रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिती रहेको थियो । सम्बोधन कार्यक्रम पश्‍चात उनले “Leaders’ Reading Collection-2078” संग्रहको विमोचन गरेर  उक्त संग्रहको उत्कृष्ट लेखकहरुलाई पुरस्कार तथा प्रमाण-पत्र समेत वितरण  गरेका थिए।

उक्त सम्बोधन पूर्व पदबहालीको शुभ अवसरमा जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच भिन्न क्षमता भएका नेपाली सेनाका सवारी चालक अनुमति प्राप्त ७ जना सकलदर्जालाई चारपाङ्‍ग्रे स्कुटर तथा सवारी चालक अनुमति नभएका १९ जनालाई जनही रु.१ लाख ४० हजारका दरले आर्थिक राहत समेत वितरण गरेका थिए।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.