काभ्रे अदालतबाट भागेका थुनुवा भक्तपुरबाट समातिए

काभ्रे अदालतबाट भागेका थुनुवा भक्तपुरबाट समातिए

काभ्रे जिल्ला अदालतबाट यही भदौं ९ गते फरार भएका एक थुनुवा भक्तपुरबाट पक्राउ परेका छन।

काभ्रे जिल्ला प्रहरीबाट खटेको टोलीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो। बकपत्रका लागि अदालतमा लैजाने क्रममा उनले हतकडी टाइट भएको भन्दै खुकुलो बनाउन प्रहरीलाई आग्रह गरेर फरार भएका थिए।

थप काभ्रे प्रहरीले जारी गरेको बिज्ञप्तिमा

“अदालत परिसरबाट फरार थुनुवा सुनिल लामा वाईबा पक्राउ परेको”
************************************************************
घटना मिति समय र स्थान :-
**********************
मिति २०७८/०५/०९ गते कारागार कार्यालय धुलिखेलबाट सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतमा बकपत्रको लागि उपस्थित गराईएकोमा सोही दिन अ.१४:०० बजेको समयमा अदालत परिसर भित्रको क्यान्टीनमा हतकडी टाईट भएकाले खुकुलो पार्ने क्रममा भागी फरार भएको ।
प्रहरी कारवाही :-
*************
१) तत्काल जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयबाट प्रहरी
अधिकृत सहितको टोली परिचालन भई तदारुकताका साथ खो.त. गरीएको ।
२) ऐ. मितिमा कारागार कार्यालयमा निज सँगै बस्ने अन्य थुनुवाहरुसँग निजको
गतिविधिको बारेमा यस कार्यालयबाट प्रहरी अधिकृत सहितको टोलिले
जानकारी लिएको ।
३) निज फरार प्रतिवादी लुकि छिपी रहन सक्ने सम्भावित स्थानमा समेत
व्यापकरुपमा खो.त. गरीएको ।
४) मिति २०७८/०५/१० गते बिहान कारागार कार्यालयमा निजले प्रयोग गरेको
फोन विवरण, आगन्तुक रेकर्ड, निजको डाएरी, हस्तलिखित पुस्तिका बरामद
गरी सुक्ष्म अध्ययन पश्चात प्राविधिक विश्लेषण गरिएको ।
५) निजको विगतको अपराधिक पृष्ठभुमी र Modus Operandi अध्ययन गर्दा
निज सुनिल वाईबा लामा यस भन्दा अघि समेत नयाँ बानेश्वर र बौद्धमा मदिरा
चोरी र ठगी कसूरमा संलग्न रहेको र निज को साथी संगतीहरु संग सम्पर्क
गर्न सक्ने र निज सोहि प्रकृतिको अपराधमा पुन: संलग्न हुन सक्ने हुँदा
काठमाण्डौ, ललितपुर, भक्तपुर लगायतका छिमेकी जिल्लाहरुलाई हुलिया
परिपत्र गरी उक्त क्षेत्रका प्रहरीहरुसँग समन्वय गरी व्यापक खोजतलास कार्य
गरिएको ।
६) खो.त.कै क्रममा भक्तपुर जिल्ला मध्यपूर ठिमी न.पा. वडा नं ०५ भिमसेन
चोक भन्ने स्थानमा रू १०,५०,०००।– (दस लाख पचास हजार रुपैया)
बराबरको मदिरा खरिद गर्ने भनि ठगि गर्ने मनसायले केहि मदिरा
व्यवसयीहरुसँग कुरा गरिरहेको भन्ने विशेष सूचना म.न.प्र. वृत्त ठिमी
भक्तपुरलाई प्राप्त भए पश्चात उक्त वृत्तबाट खटिएको प्रहरी टोलीले सूचित
गतिविधिमा फरार थुनुवा सुनिल वाईवा लामा हुन सक्ने भनि उच्च सतर्कता
अपनाई सुक्ष्म रुपले निग्रानी गरी निज सुनिल वाईवा लामालाई नियन्त्रणमा
लिए पश्चात यस कार्यालयसँग समन्वय गरेको ।
७) यस कार्यालयबाट प्रहरी अधिकृतको टोली खटी गई नियन्त्रणमा लिईएका
सुनिल वाईवा लामा मिति २०७८/०५/०९ गते कारागार कार्यालय
धुलिखेलबाट सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालत परिसरबाट फरार
भएकै व्यक्ति हो भनि एकिन भएको ।
८) निजलाई हाल म.न.प्र. वृत्त ठिमी भक्तपुरले ठगी तथा अपराधिक विश्चासघात
मुद्धामा सम्मानित जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी अनुसन्धान
गरी रहेको ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.