नेपाली सेनाको प्रधान सेनापतिले कार्यभार सम्हाले

नेपाली सेनाको प्रधान सेनापतिले कार्यभार सम्हाले

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन।  सेनाका परमाधिपति तथा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच कायम मुकायम प्रधान सेनापति रथी प्रभुराम शर्मालाई महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरेकी थिइन।

सोहि अवसरमा उनले गौरवमय इतिहास बोकेको नेपाली सेनाको ४४ औँ प्रधान सेनापति बन्‍न सफल भएका प्रधान सेनापति महारथी शर्मालाई पद तथा गोपनीयताको सपथ समेत गराएकी थिइन।

शितल निवासमा आयोजित उक्त समारोहमा  प्रधानमन्त्री, प्रधानन्यायाधिश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका  अध्यक्ष, गृहमन्त्री, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेनाका रथीबृन्द लगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

मिति २०७८ भाद्र ०३ गतेको मन्त्रीपरिषद् बैठकले उनलाई महारथी दर्जामा बढुवा गरी प्रधान सेनापतिमा नियुक्ती गर्न गरेको सिफारिस बमोजिम नेपाली सेनाका परमाधिपति तथा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम आज महारथीको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्ती गरेकी थिइन।

सैनिक परम्परा अनुसार नवनियुक्त प्रधान सेनापतिलाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरे पश्‍चात उनले कार्यालय बहाली गरी प्रधान सेनापतिको कार्यभार सम्हालेका छन ।

कार्यालय बहाली पश्‍चात प्रधान सेनापति शर्माले पि.एस.ओज वैठक कक्षमा रथीबृन्दहरुसँग भेटघाट तथा निर्देशन समेत दिए। आजै नवनियुक्त प्रधान सेनापति महारथी शर्माले सैनिक मञ्‍च टुँडिखेल र वीर स्मारक छाउनीमा माल्यार्पण गरे भने भोली सकलदर्जाहरुलाई सभामण्डपबाट सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

वि.सं. २०२० पौष ९ गते काठमाडौं जिल्लामा जन्मेका  शर्मा २०४० सालमा सहायक सेनानी दर्जाबाट सैनिक सेवामा प्रवेश गरेका थिए। यस अघि उनले बलाधिकृतको जिम्मेवारी सम्हालेका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.