
सङ्खुवासभामा एउटै परिवारका ६ जनाको हत्या
सङ्खुवासभामा एउटै परिवारका ६ जनाको हत्या भएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यहरुको हत्या गरेको हो ।
प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । आज बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिनुभयो ।
सदरमुकामबाट प्रहरी नायब उपरीक्षक सुवेदीसहितको टोली घटनास्थलतर्फ गएको छ । यस्तै इलाका प्रहरी कार्यालय चैनपुरबाट समेत प्रहरी टोली खोला गाउँ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तेजबहादुरको शव घरको आँगनमा फेला परेको छ भने श्रीमती मनमाया र बुहारी रन्जनाको घरनजिकै खोल्सीमा भेटिएको छ । तेजबहादुरका नाति/नातिना दीपक र गोमाको शव घरदेखि माथि मकै बारीमा भेटिएको वडाध्यक्ष खेमनाथ कट्वालले जानकारी दिए । उनकाअनुसार मृतकको टाउको ढाड लगायतका शरीरका केही अंगमा चोट रहेको छ । तेज बहादुरका दुई भाई, छोरा भने वैदेशिक रोजगारीमा छन् । रन्जनाका श्रीमान रमेश पनि वैदेशिक रोजगारीमै छन् ।
‘धारिलो हतियार प्रहारबाट हत्या भएको भन्ने खबर प्राप्त भएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डिएसपी कमाण्डमा टोली खटाइ सकिएको छ,’ प्रदेश १ प्रहरी कार्याल रानीका प्रमुख अरुण बिसीले भने, ‘थप अनुसन्धान जारी छ ।’
अपडेट
सङ्खुवासभामा ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालयले मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी भदाैं २७ सार्वजनिक गरेको हो।
अपडेट
मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा थप ४ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने घटनाका मुख्य योजनाकार ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, सोही ठाउँ बस्ने ४९ वर्षीय रण बहादुर कार्की र १७ वर्षीय किशोर रहेका छन् । साथै सोही घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय लोक बहादुर कार्कीलाई प्रहरीले यस अघिनै पक्राउ गरी भदौ २७ गते पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको थियो ।
सोही ठाउँ बस्ने ५५ वर्षीय तेज कुमार कार्की, उनकी आमा ८४ वर्षीया पार्वता भन्ने पार्वती कार्की, श्रीमती ५४ वर्षीया कमला भन्ने मनमाया कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय बपिन भन्ने दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको भदौ २१ गते बिहान चिर्पट तथा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।
घटनाको अनुसन्धानको लागि नेपाल प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक भिम बहादुर दाहालको कमाण्डमा जिल्ला प्रहरी कार्यालय संखुवासभा समेतबाट खटिएको संयुक्त अनुसन्धान समूह निरन्तर रुपमा थप अनुसन्धानमा जुटेकोमा थप तथ्य र घटनाको मूख्य योजनाकार समेत थप ४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
घटनाको योजना अघिल्लो राति लोक बहादुरको घरमा खड्ग बहादुर सहित हस्त बहादुर, लोक बहादुर र १७ वर्षीय किशोर बसेर बनाएको, हत्यापछि अनुकूल मिलेमा मृतकको घरमा रहेको धनमाल समेत लाने योजना रहेको, घटनाको दिन खेताला निश्चित गरी फर्किएका तेज बहादुरलाई चिर्पट र अलैचि काट्ने चक्कु प्रहार गरी लोक बहादुर, १७ वर्षीय किशोर, खड्क बहादुर र हस्त बहादुर मिलेर हत्या गरेको, तेजकुमार हार गुहार सुनी आएका उनकी श्रीमती र बुहारीलाई लोक बहादुर, खड्क बहादुर र हस्त बहादुर मिली हत्या गरेको, रण बहादुर र १७ वर्षीय किशोरले बुहारीको लास सासुको लास भएको ठाउँमा पुर्याउन सहयोग गरेको, बालक र बालिकालाई हस्त बहादुर र लोक बहादुरले मुख थुनि चिर्पटले हिर्काई घाटी बटारी हत्या गरेको, पार्वतीलाई टाउको भित्तामा ठोकाई घाटी बटारी हत्या गरेको तथा घटनामा प्रयोग भएको चिर्पट अगेनामा डढाएको, छुरी रगत पखाली बुईगलमा लुकाएको, रगत लागेको कपडाहरू लुकाएको, रञ्जनाको मोबाईल घरमुनिको ओडारमा लुकाएको र घटनाबारे प्रहरीले पत्ता लगाए लोक बहादुरले मानसिक औषधी खाने कारण जिम्मा लिने भन्ने सल्लाह गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
खड्क बहादुरलाई तेजबहादुरले जड्याहा भनि गालि गर्ने, लोकबहादुरलाई पागल अल्छी र केही काम गर्न नसक्ने भनि गाली गर्ने, रणबहादुरलाई लठेब्रो भन्ने र १७ वर्षीय किशोरलाई डुडे काम नलाग्ने भईस् भन्दै जहिलेपनि हेप्ने र आफू सम्पन्न भएको फुर्ति दिने गरेको कारण उनीहरूले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
अरु समाचार
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने...
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर मह...
निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको ...
काठमाडौं महानगरपालिका ६ सरस्वतीनगर बस्ने बाग्लुङ बडिगार्ड गाउँपालिक...
४ जना डिआइजी एआइजी बढुवा सिफारिसमा
सरकारले ४ जना डिआइजीलाई एआइजी बढुवा सिफारिस गरेको छ। रिक्त रहेको ४ ...
कटुवा पेस्तोल र गोली बरामद
घोडाघोडी नगरपालिका-११ जमलपुर बस्ने २८ वर्षीय विजय कठरियाको घरबाट कट...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोलुखुम्बु सोलु द...
रेशमलाल चौधरीको मुद्दामा सर्वोच्चले दियो य...
टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा सर्वोच्च अदालतले सर...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइ...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९...
हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लाग...
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालै सरूवा भई आफ्नो कार्यक्षे...