भगौडा प्रहरीको खाली ठाउँमा जागिर लगाइदिन्छु भन्दै ठगी

भगौडा प्रहरीको खाली ठाउँमा जागिर लगाइदिन्छु भन्दै ठगी

जागिर लगाईदिन्छु भनि विभिन्न ५ जना व्यक्तिहरू मार्फत् नगद ७ लाख ५५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा यमूनामाई गाउँपालिका-१ बस्ने ४२ वर्षीय विनय राउत कुर्मीलाई सोही गाउँपालिकास्थित सुकदेवचौकबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

विनयले पीडितहरूलाई गत वैशाख २० गते दिउँसो गौर नगरपालिका-८ स्थित झोलुङगेपुल नजिक बाँसघारीमा बोलाई चिनजान गरी प्रलोभन र गफलतमा पारी मेरो प्रहरीमा राम्रो सम्पर्क छ, भगौडा प्रहरीको खाली ठाउँमा जागिर लगाईदिन सक्छु, सो भएन भने विदेशमा राम्रो काममा पठाई दिन्छु भन्दै उक्त नगद ठगी गरी फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत रौतहटबाट ठगी सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.