जब विराटनगरबाट २० हजार लिटर डिजेल सहितको ट्यांकर चोरी भयो

जब विराटनगरबाट २० हजार लिटर डिजेल सहितको ट्यांकर चोरी भयो

मोरङमा पार्किङ्ग गरिराखेको ट्यांकर चोरी भएको छ। प्रहरीमा ट्यांकर चोरी गरेको अभियोगमा २ जना पक्राउ परेका छन। विराटनगर महानगरपालिका ४ स्थितबाट ट्यांकर चोरी गरेका श्रवणकुमार यादव र विक्की रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट २० हजार लिटर डिजेल सहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी गरी भाग्दै गर्दा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बाँसबारीबाट ट्यांकर सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।

उनीहरुलाई मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.