युरोप पुर्‍याइदिन्छु भन्दै जसले ६० लाख उठाए

युरोप पुर्‍याइदिन्छु भन्दै जसले ६० लाख उठाए

युरोप पठाईदिन्छु भनि रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रोमछाप घर भइ कोटेश्वर बस्नृ ३३ वर्षीय पोशबहादुर सुनारलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

उनले काभ्रेपलाञ्चोक भुम्लु ९ ज्याम्दी बस्ने वर्ष ३० को प्रेम कुमार लामा दोङ समेत ६ जनालाई वर्किङ भिषामा युरोपियन देश लिथुनिया जान प्रतिव्यक्ति सात लाख लाग्छ लिथुनिया पुगे पछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भनेर पटक पटक गरी ६० लाख उठाएका थिए।

रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन भनि पत्राचार भएकोमा महाशाखाबाट खटिएको टोलीले उनलाइ पक्राउ गरेको हो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.