युएन मिसनको प्रश्नपत्र बाहिरिएपछि ३ प्रहरीलाई बर्खास्त र ११ लाई कारबाही गर्न सिफारिस

युएन मिसनको प्रश्नपत्र बाहिरिएपछि ३ प्रहरीलाई बर्खास्त र ११ लाई कारबाही गर्न सिफारिस

प्रहरीको युएन मिसन परीक्षाको प्रश्नपत्र बाहिरिएपछि ३ जना प्रहरीलाई बर्खास्त गर्न र ११ जनालाई विभागिय कारबाही गर्न सिफारिस गरिएको छ।

 

प्रहरी नायब निरीक्षक जनक थापा, प्रहरी हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको हो।

गत साउन १४ गते प्रहरी प्रधान कार्यालयमा लिइएको युएन परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएको थियो। सो प्रकरणमा प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक वसन्त लामाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिले युएन शान्ति मिसन शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर राणा, परीक्षा सञ्चालन समितिका प्रहरी उपरीक्षक वेद विष्ट, प्रहरी नायब उपरीक्षक रुपेश खड्का, सुगन्ध श्रेष्ठसहित ११ जनालाई विभागीय कारबाहीको सिफारिस पनि गरेको छ।

कारबाहीको सिफारिस गरिएकाहरूमा प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक, हवल्दार, जवानसमेत छन्। समितिले बुधबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएको हो।

छानबिन प्रतिवेदन अनुसार साउन १२ गते राति कार्यालय सहयोगी बमले प्रहरी उपरीक्षक राणाको टेबुलबाट प्रश्नपत्र निकालेका थिए। जुन कुरा परीक्षा शाखाका सई थापा र प्रहरी नायब उपरीक्षक खड्कालाई थाहा थियो।

नेपाल प्रहरीको अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको युएनपरीक्षामा वरिष्ठ प्रहरी उपरीक्षकदेखि जवानसम्म पदका २४ सय परीक्षार्थी सहभागी थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.