
प्रधानसेनापतिले प्रभुराम शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गरे*
प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ–बुझारथ गर्नुभएको हो ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मङ्गलबारदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकिसक्नुभएको छ । सेनाको परम्पराअनुरुप प्रधानसेनापति थापा आफ्नो तीनवर्षे कार्यकाल सकिनु एक महिनाअघि अर्थात् मङ्गलबारदेखि घरबिदामा रहने भएकाले सेनाको कमाण्ड शर्मालाई हस्तान्तरण गरिएको हो ।
कायममुकायम जिम्मेवारी तोकिनुभएका शर्माले आगामी भदौ २५ गतेदेखि नेपाली सेनाको ४४औँ प्रधानसेनापतिका रुपमा सैनिक नेतृत्व सम्हाल्नुहुनेछ । स्वदेशमा सबै व्यावसायिक तालिम प्राप्त बलाधिकृतरथी शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद तथा सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा एवं बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिनुभएको छ ।
सेनाको अपरेशनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारीमा रहनुभएका शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार हुनुहुन्छ ।
आफ्नो ३७ वर्षे लामो सैनिक सेवाका क्रममा गुल्म, गण, बाहिनी, पृतनालगायत जङ्गी अड्डास्थित सैनिक सचिव, भर्ना छनोट निर्देशक, नीति तथा योजना निर्देशक, सहबलाध्यक्ष, संभाररथीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभएका कायममुकायम प्रधानसेनापति शर्मालाई नेपाली सेनाको हरेक जिम्मेवारीका बारेमा नजिकबाट अनुभव र ज्ञान छ ।
संयुक्त राष्ट्रसङ्घको शान्ति मिशनअन्तर्गत पूर्वी टिमोरमा गुल्म र कङ्गोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गर्ने अवसर प्राप्त गर्नुभएका शर्मा भारतमा सम्पन्न भएको नेपाल–भारत द्विपक्षीय सल्लाहकार समूहको भेलामा समेत सहभागी हुनुभएको थियो ।
अरु समाचार
सेनाका विद्यार्थी दुई महिनादेखि सम्पर्कविहीन
काठमाडौंको सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान...
प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दज्र...
प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति हुनुभएका सरोजप्रताप र...
सुर्खेतको जनताको उपचारमा नेपाली सेना
सुर्खेतको जनताको उपचारमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर संच...
प्रधान सेनापति प्रभुराम शर्माको पहिलो सम्बोधन
प्रधान सेनापति प्रभुराम शर्माले पदबहाली गरे पछि सकल दर्जालाई...
नेपाली सेनाको प्रधान सेनापतिले कार्यभार सम...
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन...
सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवाका ...
सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवाका लागि सिफारिसमा परेका छन। ...
सैनिक विशेष अदालतबाट अमल्दार र सिपाहीलाई सफाइ
चितवनस्थित गणबाट २०७५ पुसमा हतियार हराएको अभियोगमा कैदमा सजाय भोगिर...
नयाँ प्रधानसेनापतिलाई नियुक्तिपत्र
रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले बलाधिकृत रथी प्रभुराम शर्मा...