काठमाडौं भित्रिदैँ  गरेको गाँजा बरामद

काठमाडौं भित्रिदैँ गरेको गाँजा बरामद

चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट १ केजी ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित कास्की माछापुच्छ्रे गाउँपालिका-८ बस्ने १९ वर्षीय कृष्ण बहादुर अधिकारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नागढुंगास्थित चेकप्वाईन्टमा खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ७५४४ नम्बरको बसलाई जाँच गर्नेक्रममा बसमा सवार कृष्णलाई झोलाभित्र प्लाष्टिकमा लुकाई ल्याएको उक्त गाँजा सहित पक्राउ गरेको हो ।

उनीउपर थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.