
जापानको ‘इमिग्रेसन’मा काम गर्छु भन्दै ठगी गर्ने पक्राउ
जापान पठाइदिन्छु भन्दै नगद ३९ लाख ६८ हजार ९ सय ९६ रुपैयाँ ठगी गरेको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबजार बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरी घर भएकी ३७ वर्षीया शुभद्रा परियार, काठमाडौं नयाँबानेश्वर बस्ने ईलाम सूर्योदय नगरपालिका-४ श्रीअन्तु घर भएकी ३३ वर्षीया पुजा राई, काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ राम्चे घर भएका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका-७ खरिपाटी बासँवारी बस्ने २१ वर्षीया दिपिका केसी रहेका छन् ।
सामाजिक संजाल फेसबुकमा “टानाकायोका”को नामबाट फेसवुक प्रयोग गरी आफु जापानको ‘इमिग्रेसन’मा काम गर्ने जापानको नागरिक हो भन्दै पीडितहरुसँग चिनजान गरी जापान जान वर्किङ भिषा प्रक्रियाको लागि रकम पठाउनु पर्छ भनि प्रलोभनमा पारी उक्त नगद विभिन्न बैंक खातामा डिपोजिट गर्ने लगाई जापान नपठाई सम्पर्क विहीन भएको ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
अरु समाचार
सुन जस्तो देखिने पँहेलो धातु र डलर जस्तो न...
सुन जस्तो देखिने पँहेलो धातु र डलर जस्तो नोटहरु सहित धादिङमा २ जना ...
एक किलो आठ ग्राम अवैध सुनसहित एकजना पक्राउ
प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । जि...
रायभर धरौटीमा थुनामुक्त
सर्वोच्च अदालतको आदेशानुसार उमाशङ्कर रायभर रु २५ हजार धरौटी बुझाएर ...
विभिन्न देशका मुद्रा सहित पाकिस्तानी नागरि...
अबैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्रा सहित ...
२ सय ९६ कार्टुन मदिरा सहित ४ जना पक्राउ
विभिन्न ब्राण्डका मदिराहरु भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारो...
इच्छाराज तामाङविरूद्ध सम्पत्ति शुद्धीकरण अ...
सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरूद्ध सम्पत्ति शुद्धीकरण अनुस...
स्रोत नखुलेको नगद ५० लाख रुपैयाँ सहित पक्राउ
काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमा...
जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादी पक...
जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादी नुवाकोट सूर्यगढी गाउँपालिका...