नवजात शिशुको हत्या गर्ने परिवारका सबै जना पक्राउ

नवजात शिशुको हत्या गर्ने परिवारका सबै जना पक्राउ

मोरङ रंगेली-५ आँपगाछी टोल स्थितमा बस्ने ४ जनालाई नवजात शिशुको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका-५ आँपगाछी टोलका २५ वर्षीया खुस्वु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीय उर्मिला मण्डल र उनकै श्रीमान २८ वर्षीय अरुण मण्डल रहेका छन् ।

गत आइतबार राति खुस्वुले छोरीलाई जन्म दिई ब्ल्याँग्केटले घाँटी थिची हत्या गरी उनकै आमा बुवाले संचालन गर्दै आएको रंगेली नगरपालिका-५ चाँदनी चोकस्थित मदिरा पसलभित्र खाल्डो खनी गाडेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनिहरु चारै जनालाई मंगलबार ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

घटनामा चारै जनाको संलग्नता रहेको अनुसन्धानकै क्रममा खुल्न आएकोले उनीहरु उपर कर्तब्य ज्यान कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा खुस्बुले अरुको नै गर्भ बोकेको र शिशु जन्मिएपछि मिलेर हत्या गरेको खुलेको छ। खुस्बुका श्रीमान वैदेशिक रोजगारीका लागि विदेश गएर केही महिना अघि मात्र फर्किएका थिए।

सच्चाइएको-

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.