सुनसरीमा डरलाग्दो दुर्घटना, ३ जनाको मृत्यु

सुनसरीमा डरलाग्दो दुर्घटना, ३ जनाको मृत्यु

सुनसरी, कोशी गाउँपालिका-८ नङ्खु टोलस्थित सडकमा बा.३ ख ७२२४ नम्बरको हाइस गाडीले स.६ प ४६६१ नम्बरको मोटरसाइकल र को.१ च ९३६८ नम्बरको पिकअपलाई आइतबार बिहान ठक्कर दिँदा भएको दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सप्तरी दाक्नेश्वरी नगरपालिका-५ बस्ने २० वर्षीय उदय शाह, मोटरसाइकलमा सवार मोरङ विराटनगर महानगरपालिका-९ बस्ने ४५ वर्षीय राम प्रसाद शाह र पिकअप चालक विराटनगर महानगरपालिका-७ बस्ने ४० वर्षीय अक्षय कुमार गुप्ता रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका हाइस चालक र सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

डोल्पा, जगदुल्ला गाउँपालिका-६ वलासास्थित सडकमा लु.अ.अ.सा.९५ नम्बरको ट्याक्टरले च्यापिँदा ट्याक्टरका सहचालक सोही गाउँपालिका-६ गैरीगाउँ बस्ने १९ वर्षीय केरसिँह विकको आइतबार बिहान मृत्यु भएको छ ।

चौरीकोटबाट खाद्यान्न सामान लिई माझगाउँतर्फ जाँदै गरेको उक्त ट्याक्टरको ट्रलिको वेरिङ बिग्री काठको जग लगाएर वेरिङ फेर्ने क्रममा जग भाँचिन गई ट्याक्टरले च्यापिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

May be an image of 2 people and outdoors

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.