कपिलवस्तुमा माओवादी केन्द्रका नेताको हत्यामा उनकै श्रीमतिसहित ७ जना पक्राउ

कपिलवस्तुमा माओवादी केन्द्रका नेताको हत्यामा उनकै श्रीमतिसहित ७ जना पक्राउ

कपिलवस्तुमा माओवादी केन्द्रका नेता दीपक पाण्डेको गोली प्रहार गरी हत्या गरेको अभियोगमा मुख्य योजनाकारसहित ७ जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा मृतक पाण्डेकी श्रीमतीसमेत रहेको प्रहरीले जनाएको छ। पाण्डेको श्रीमती महिमा सहित ओमप्रकाश यादवसहित पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ।

यही जेठ ५ गते राति जीतपुर–तौलिहवा सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–६, गोबरीमा पाण्डेमाथि गोली प्रहार गरेका थिए । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका १, कैलाश टोलका पुर्णविर पाल्पाली, कपिलवस्तु नगरपालिका २, बर्दहवाका सद्दाम हुसेन खान, यशोधरा गाउँपालिका ४ पोखरभिटवाका ज्ञानेन्द्रकुमार पाण्डे र वडा नम्बर ४ सेमरीका राधेश्याम चौधरी रहेका छन् ।

त्यस्तै, कपिलवस्तु नगरपालिका ५, गोटिहवाका श्रीराम कुर्मी, कपिलवस्तु नगरपालिका १, मस्जिदटोलका नसरल अली र कपिलवस्तु नगरपालिका २, बर्दहवाका प्रवीण गुप्ता पक्राउ परेका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.