करेन्ट लागेर २ जनाको मृत्यु

करेन्ट लागेर २ जनाको मृत्यु

दुधकुण्ड नगरपालिका-८ स्थित सेतोमाने भन्ने स्थानमा माछापुछ्रे नेशनल ईस्भेष्टेडको निर्माण कार्यमा प्रयोग भएको जेसिबी बोकी ग.१ क ५१७३ नम्बरको लोबेड गाडी सोलुखुम्बुबाट पोखरातर्फ जाने क्रममा करेन्ट लागेर २ जनाको शुक्रबार बिहान मृत्यु भएको छ ।

विद्युतको तारमा जेसिबीको माथिको भागमा टच हुन गई करेन्ट लाग्दा ग.१ क ५१७३ नम्बरको लोबेड गाडी चालक बाग्लुङ बडीगंगा गाउँपालिका-५ बस्ने २६ वर्षीय भुमिराज मरासैनी र लोबेडमा सवार जेसिबी चालक स्याङजा घर भएका २३ वर्षीय राम परियारको घट्नास्थलमै मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका अन्य २ जनालाई उपचारको लागि जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुतर्फ पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
चितवन, २८ जेठ

ईच्छाकामना गाउँपालिका-४ लेवटारस्थित त्रिशुली नदीको किनारामा तनहुँ आबुखैरेनी नगरपालिका-४ बस्ने २३ वर्षीय किरण गुरुङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.