मोरङ र मकवानपुरबाट हतियार बरामद

मोरङ र मकवानपुरबाट हतियार बरामद

मोरङ, केराबारी गाउँपालिका-९ देबिझोडा बस्ने ५१ वर्षीय गणेश कुमार लिम्बु र बेलबारी नगरपालिका-२ लालभित्ति बस्ने ४१ वर्षीय पदम कुमार लिम्बुलाई विभिन्न हतियार सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले गणेशको घर तलासी गर्दा भान्सा कोठाबाट १ थान कटुवा पेस्तोल, थ्रिनटथ्री राईफलको गोली ५ थान, गोली लोड गर्ने चाचर २ थान र पेस्तोलको गोली १ थान तथा गणेशको घर आँगनमा पार्क गरेको पदम कुमारको को.१ च ८३६८ नम्बरको कार तलासी गर्दा १ थान खुकुरी र १ थान चक्कु समेत फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

मकवानपुर, भिमफेदी गाउँपालिका-८ महाभिर गाउँस्थित सार्वजनिक खाली जग्गाको खाल्डोमा लुकाई राखेको १ थान एकनाले भरुवा बन्दुक मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानमा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.