अवैध रुपमा ल्याउँदै गरेको सुन सहित पक्राउ

अवैध रुपमा ल्याउँदै गरेको सुन सहित पक्राउ

अवैध रुपमा ल्याउँदै गरेको करिब ८ सय १२ ग्राम सुन जस्तो देखिने धातु सहित मोरङ स्थायी वतन भएका सुरेश कुमार शर्मालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जजिरा एयरलाइन्सको उडानद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका राहदानी नम्बर ११६७०५८६ वाहक सुरेशलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमनतर्फको भन्सार चेकजाँच क्षेत्रको एक्स-रे मा जाँच गर्नेक्रममा लगेजमा एक्जिस्टिङ्ग फ्यान तथा साउण्ड स्पिकरभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.