घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीनजना ट्राफिक महाशाखाको नियन्त्रणमा

घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीनजना ट्राफिक महाशाखाको नियन्त्रणमा

काठमाडौ तारकेश्‍वर नगरपालिका वडा नं. ६ पैयुटारस्थित घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जनालाई मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं. ४ घर भई हाल तारकेश्‍वर नगरपालिका वडा नं. ९ बस्ने बर्ष २० को नमराज अधिकारी र बर्ष २२ को रामचन्द्र अधिकारी तथा नुवाकोट तादी गाउँपालिका वडा नं. ३ घर भई हाल तारकेश्‍वर नगरपालिका वडा नं. ९ बस्ने बर्ष १९ को रामचन्द्र थापा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

तारकेश्वर नगरपालिका १० नं. वडा कार्यालय शुभकामना चोक स्थित सडक खण्डमा बास्तबिक नम्वर प्लेटका साथै स्वरूप समेत परिवर्तन गरी बा ८८ प ६७१६ नम्बर प्लेट प्रयोग गरेर चलाई हिडेको अवस्थामा उनीहरूलाई सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले पक्राउ गरेको भट्टराईले जानकारी दिनुभयो ।

उक्त मोटरसाईकलको वास्तविक नम्बर बा ९५ प ३३३५ नम्वरको २२० सी.सी. को कालो रातो रङ्गको पल्सर मोटरसाईकल रहेको खुल्न आएको छ ।
उक्त पक्राउ भएका मोटरसाइकल यहि चैत्र २७ गते तारकेश्‍वर न.पा. – ६, पैयुटारबाट हराएको भनी नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं. ४ घर भएका राजु तामाङले हुलिया निवेदन यस महाशाखामा दिएका थिए ।
पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दामा अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी बृत्त गौशालामा पठाएको महाशाखाले जनाएको छ ।

पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान महाशाखाले चलाएको छ ।

यस आर्थिक वर्षमा मात्रै हराएका ३५७ वटा मोटरसाइकल खोजतलास गरि सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ५० जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरु मार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.