शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा ७ नक्कली डाक्टर पक्राउ
बंगलादेशमा एमबिबिएस अध्ययन गर्न जानका लागि एसएलसीको शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा ७ जनालाई विभिन्न स्थानबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-५ संझनाचोक बस्ने सप्तरी विष्णुपुर गाउँपालिका-२ घर भएका २८ वर्षीय मोहमद सिद्दिक, महोत्तरी सरपल्लो-६ घर भएका धनुषा जनकपुर महानगरपालिका-७ जिरोमाईल बस्ने २९ वर्षीय सुभाषप्रसाद साह, ललितपुर, ललितपुर महानरगपालिका-२ महालक्ष्मीथान बस्ने धनुषा सवैला नगरपालिका-५ घर भएका २८ वर्षीय मोहम्मद शाहिद राजा, मनाङ साविक चामे गाविस-५ का ३१ वर्षीय दिपेन्द्र गौतम, मोरङ विराटनगर महानगरपालिका-३ बरगाछी बस्ने सप्तरी सकरपुरा-१ घर भएका ३१ वर्षीय अखिलेश कुमार देव, भक्तपुर मध्यपुर ठिमी-२ आदर्श बस्ती बस्ने महोत्तरी मनरा-५ घर भएका २७ वर्षीया पल्लवी सिंह र ललितपुर महानगरपालिका-२ सानेपा बस्ने २९ वर्षीय फराज हुसेन खाँ रहेका छन् ।
शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर भएको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले बंगलादेशमा एमबिबिएस अध्ययन गर्न जानको लागि एसएलसिको मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्ताङक लगायतका बिवरणहरु सच्याई, थपघट गरी किर्ते मार्कसिट बनाई सोही मार्कसिटहरुको आधारमा बंगलादेशमा एमबिबिएस अध्ययनको लागि नेपाल मेडिकल काउन्सिल बाँसवारीबाट स्विकृती लिई आफ्नो ब्यक्तिगत लाभको लागि नेपाल सरकारबाट जारी गरिने
एसएलसीको मार्कसिट किर्ते गरी लिखत सम्बन्धी कसूर अपराध गरेको अनुसन्धानबाट खुल्न आएको उक्त व्यूरोले जनाएको छ ।
उनीहरु उपर लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जनाएको छ ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...