
बलात्कारीलाई सात वर्ष कैद फैसला
उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो । कैदसँगै वनले पीडित युवतीलाई रु ८० हजार रकम क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
विसं २०७७ असार १७ गते ती युवतीलाई बलात्कार गरेको अरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो । वन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका थिए ।
अरु समाचार
रेशमलाल चौधरीको मुद्दामा सर्वोच्चले दियो य...
टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा सर्वोच्च अदालतले सर...
म्याट्रिका आँखा अस्पतालमा नक्कली ‘बम...
काठमाडौंको पुरानो बानेश्वरस्थित म्याट्रिका आँखा अस्पतालमा नक्कली ...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-१० गोंगबु बस्ने ...
प्रहरी हवल्दार बाबुराम घिमिरेविरुद्ध विशेष...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...
बालिका बलात्कारको कसुरमा किशोरलाई १२ वर्ष ...
जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरे...
उच्च अदालत पाटनले थप सेवा शुरु गर्ने
कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीकै क्रम...
विप्लव नेतृत्वको नेकपाका नेता खत्रीलाई थुन...
सर्वोच्च अदालतले नेत्रविक्रम चन्द समूहका नेता चक्रबहादुर खत्रीलाई थ...
अदालतको अत्यावश्यक सेवा चैत २८ सम्म सञ्चाल...
सर्वोच्च अदालतलगायत सम्पूर्ण अदालतले यही चैत २८ गतेसम्म अतिआवश्यक स...