बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २ जनाको मृत्यु

बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २ जनाको मृत्यु

भरतपुर महानगरपालिका-२० नयाँ बजारस्थित सडकमा ना.३ ख ८३६० नम्बरको बस र ना.४९ प ६६४६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सोही महानगरपालिका-११ बस्ने २७ वर्षीय मन्जिल पौडेल र सोही ठाउँ बस्ने २३ वर्षीया पार्वती अधिकारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालक नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.