
नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने व्यक्ति पक्राउ
नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने नक्कली सहायक सेनानी मुस्ताङ थासाङ गाउँपालिका-४ ठेगाना भएका १८ वर्षीय किशोर पोखरा महानगरपालिका-१४ चाउथेबाट शनिबार पक्राउ परेका छन् ।
सोही ठाउँस्थित निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा प्रवेश गरी शंकास्पद हर्कत गरे पश्चात त्यहाँ खटिएको नेपाली सेनाको टोलीले जाँच गर्दा निज नेपाली सेनामा कार्यरत नभएको पाइएकोले उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रतिवेदन सहित जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको हो ।
उनको साथबाट नेपाली सेनाको सहायक सेनानी दर्जाको दर्ज्यानी चिन्ह सहित पोसाक (चुस्ता), बुट, श्री भगवतीदल गण पोखरा लेखिएको परिचयपत्र १ थान, फ्लाईरोज लेखिएको कालो रंगको नक्कली वाकिटकी रेडियो सेट १ थान, १ थान मोबाइल र रमेश श्रेष्ठको नामको नेपाली नागरिकताको प्रतिलिपि १ थान बरामद भएको छ ।
उनी उपर लिखत सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
अरु समाचार
शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा ७...
बंगलादेशमा एमबिबिएस अध्ययन गर्न जानका लागि एसएलसीको शैक्षिक प्रमाणप...
बन्धक बनाएर राखिएका विज्ञानलाई फर्काइयो घर
खोटाङ जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइराला...
कारागारभित्रै आत्महत्या
जिल्ला कारागार चरीकोटमा पूर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले आ...
खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव ...
गण्डकी प्रदेशमा सुरक्षा गोष्ठी
गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशको ...
गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीम...
लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालक...
भरतपुर दुर्घटना, दुईको मृत्यु, सात घाइते
भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडक...
रेडपाण्डा सिकारी कारागार चलान
दुर्लभ रातो हाब्रे (रेडपाण्डा ) चोरी सिकारी गरेको अभियोगमा दोषी प्र...