भागरथी भट्टको हत्याको अनुसन्धानमा जुटेका पाँच जना प्रहरी पुरस्कृत

भागरथी भट्टको हत्याको अनुसन्धानमा जुटेका पाँच जना प्रहरी पुरस्कृत

बैतडीकी भागरथी भट्टको हत्याको अनुसन्धानमा जुटेका पाँच जना प्रहरी पुरस्कृत भएका छन।

दुई जना प्रहरीलाई एक तह बढुवा गरिएको छ।प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल दरबन्दी भएका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह बढुवा गरिएको हो।

बढुवा भएका दुबै जनालाई बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन्।।

भागरथी घटनाको अनुसन्धानमा संलग्न अन्य पाँच जना प्रहरीहरू पनि पुरस्कृत भएका छन्।

पुरस्कृत हुनेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरबन्दी भएका प्रहरी नायब निरीक्षक दुर्गाकुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरबन्दी रहेका प्रहरी जवान अशोक बहादुर कुँवर छन्।

भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणीपछि हत्या भएको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.