जावलाखेलमा बसले ठक्कर दिँदा  महिलाको मृत्यु

जावलाखेलमा बसले ठक्कर दिँदा महिलाको मृत्यु

ललितपुरको जावलाखेलमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

सोमबार दिउँसो साढे १ बजे भैंसेपाटी जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक एसपी प्रज्वल महर्जनले जानकारी दिए।

बा २ ख ३५७४ नम्बरको बसले प्र ३ ०२ ०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको उनले बताए।

स्कुटर चालक महिलाको सनाखत हुन सकेको छैन।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.