
बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद
जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु ५० हजार क्षतिपूिर्तको फैसला गरेको हो । श्रेष्ठलाई जिल्ला अदालत भोजपुरका न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले कैद र क्षतिपूर्तिको फैसला गरेको हो ।
त्यस्तै अदालतले सोही घटनामा संलग्न बालिकालाई ललाइफकाई केशरको घरसम्म लैजान सहयोग गर्ने सुनसरी इटहरी उपमाहानगरपालिका– २ भुल्केका खेमराज दमाइँलाई पाँच वर्ष कैद सजाय सुनाएको छ ।
सुन्दासले २०७६ साल भाद्र ८ गते भोजपुर नगरपालिका–१२ टक्सार कोटडाँडास्थित आफ्नै घरको कोठामा लगेर बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई पीडित परिवारको उजूरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
अरु समाचार
‘आपराधिक घटना परिवार र आफन्तबाटै’
केही आपराधिक घटना परिवार र आफन्तबाटै हुने गरेकोे छ । जिल्ला प्रहरी ...
फलफुल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार...
काठमाडौं महानरगपालिका-१४ कुलेश्वरस्थित फलफुल बजारबाट स्रोत नखुलेको ...
बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएक...
बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा मादी गाउँपालिक...
भागरथी भट्टको हत्याको अनुसन्धानमा जुटेका प...
बैतडीकी भागरथी भट्टको हत्याको अनुसन्धानमा जुटेका पाँच जना प्रहरी पु...
जिल्ला अदालत मोरङ परिसरबाट २ जना थुनुवा फरार
जिल्ला अदालत मोरङ परिसरबाट २ जना थुनुवा फरार भएका छन् । कटहरी गाउँप...
कोइला खानीमा पुरिएर एक जनाको मृत्यु
घोराही उपमहानगरपालिका-१९ राम्चेस्थित कोईला खानीमा कोइला निकाल्ने क्...
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै श्रीमान २९ वर्षीय ओम बहादुर चौधरीको फरुवा प्रहार गरी हत्या गर...
अवैध १० लाख भारतीय रुपैयाँ सहित पक्राउ
नेपालगंज उपमहानगरपालिका-१६ भन्सार चेक प्वाईन्टमा चेकजाँच गर्नेक्रमम...