धम्काउदै रकम असुली गर्न खोजेको अभियोगमा पक्राउ

धम्काउदै रकम असुली गर्न खोजेको अभियोगमा पक्राउ

धम्काउदै रकम असुली गर्न खोजेको अभियोगमा काठमाडौं बागबजार मोडल हस्पिटल अगाडिबाट ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं असन बस्नेहरु दोलखा मेलुङ गाउँपालिका-२ घर भएका १९ वर्षीय प्रदिप कार्की, दोलखा शैलुङ गाउँपालिका-८ घर भएका १९ वर्षीय सुरज भण्डारी र काठमाडौं काडाँघारी बस्ने दोलखा शैलुङ गाउँपालिका-८ घर भएका २१ वर्षीय किरण कार्की रहेका छन्।

काठमाडौं उपत्यकाका विभिन्न व्यक्तिहरुलाई फोन तथा एसएमएस गरी ज्यान मार्ने डर धम्की दिई लाखौं रकम माग गरी उक्त रकम नदिए क्षति पुर्‍याउने भनी धम्की दिने गिरोह सक्रिय रहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उनीहरुको साथबाट धम्क्याउन प्रयोग गरेको ५ वटा मोबाइल तथा सीमहरु समेत प्रहरीले बरामद गरेको छ ।  उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको उक्त व्यूरोले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.