
मावन बेचबिखनमा संलग्न फरार अभियुक्त पक्राउ
गैरकानुनी रुपमा श्रीलंका पुर्याई मानव बेचबिखनमा संलग्न रही फरार रहेका झापा बुद्वशान्ती गाउँपालिका-२ घर भएका अमृत नेपाल भन्ने ४१ वर्षीय अमृत बहादुर विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले विश्वकर्मालाई घर वतनबाट पक्राउ गरेको हो ।
अमृतले २४ वर्षीया महिलालाई बेचबिखन गर्ने उद्देश्यले विभिन्न प्रलोभनमा पारी २०७६ फागुन ३ गते कुवेतमा घरायसी काममा लगाई दिने भन्दै काकडभिट्टा, सिलगुडी, भारतको नयाँदिल्ली, मुम्बई, चेन्नई हुँदै गैरकानुनी रुपमा श्रीलंका पुर्याई त्यहाँका एजेन्टहरुको घरमा बन्धक बनाएका थिए । श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा गत मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन ।
अमृत उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।
अरु समाचार
बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद
जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक ...
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै श्रीमती ४६ वर्षीया श्रीमायाँ गोलेको हत्या गरेको अभियोगमा मकवा...
धम्काउदै रकम असुली गर्न खोजेको अभियोगमा पक...
धम्काउदै रकम असुली गर्न खोजेको अभियोगमा काठमाडौं बागबजार मोडल हस्पि...
काठमाडौंको चन्द्रागिरिमा एक पुरूषको हत्या
काठमाडौंको चन्द्रागिरिमा एक पुरूषको हत्या भएको छ। महानगरीय प्रहरी ...
३० बिगाहा जग्गामा लगाएको अवैध लागूऔषध गाँज...
राक्सिराङ गाउँपालिका-१ स्थित गाल्छाराङ, दुंगु, ज्यामिरे र विरालिटार...
स्रोत नखुलेको ३७ लाख नगद सहित पक्राउ
चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट स्रोत नखुलेको नगद ३७ लाख रुपैया...
विद्युतीय संयन्त्रमा अनाधिकृत पहुँच राख्ने...
भायानेट कम्युनिकेसन प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनाधिकृ...
बेलायत बस्दै आएका गायकको मृत्यु
करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भे...