
बेलायत बस्दै आएका गायकको मृत्यु
करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् ।
शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिनुभयो ।
पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आउनुभएको थियो । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्कनुभएका केसी पुनः बेलायत फर्किनुभएको थियो । लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आउनुभएका केसी लण्डनको चिरपरिचित गायक हुनुहुन्थ्यो ।
उहाँ पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गर्नुहुन्थ्यो भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आउनुभएको थियो । आत्महत्याको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ ।
अरु समाचार
बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद
जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक ...
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै श्रीमती ४६ वर्षीया श्रीमायाँ गोलेको हत्या गरेको अभियोगमा मकवा...
धम्काउदै रकम असुली गर्न खोजेको अभियोगमा पक...
धम्काउदै रकम असुली गर्न खोजेको अभियोगमा काठमाडौं बागबजार मोडल हस्पि...
काठमाडौंको चन्द्रागिरिमा एक पुरूषको हत्या
काठमाडौंको चन्द्रागिरिमा एक पुरूषको हत्या भएको छ। महानगरीय प्रहरी ...
३० बिगाहा जग्गामा लगाएको अवैध लागूऔषध गाँज...
राक्सिराङ गाउँपालिका-१ स्थित गाल्छाराङ, दुंगु, ज्यामिरे र विरालिटार...
स्रोत नखुलेको ३७ लाख नगद सहित पक्राउ
चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट स्रोत नखुलेको नगद ३७ लाख रुपैया...
मावन बेचबिखनमा संलग्न फरार अभियुक्त पक्राउ
गैरकानुनी रुपमा श्रीलंका पुर्याई मानव बेचबिखनमा संलग्न रही फरार रह...
विद्युतीय संयन्त्रमा अनाधिकृत पहुँच राख्ने...
भायानेट कम्युनिकेसन प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनाधिकृ...