अपहरण तथा शरिर वन्धक गर्ने विदेशी नागरीक सहित ४ जना व्यक्ति पक्राउ

अपहरण तथा शरिर वन्धक गर्ने विदेशी नागरीक सहित ४ जना व्यक्ति पक्राउ

अपहरण तथा शरिर वन्धक गर्ने विदेशी नागरीक सहित ४ जना व्यक्ति पक्राउ परेका छन।

गत पुस १९ गते  गौशालाको तिलगंगा स्थित आनन्द होटलवाट चाईनिज नागरिक लिउ विइपिङ्ग र लि लाइ नम्वर नखुलेको ट्याक्सीमा राखी ३/४ जना मानिसहरुले जवरजस्ती उठाई सिन्धुपाल्चोकको मार्मीङ्गसम्म पुर्‍याएका थिए। वन्धक वनाई कुटपिट समेत गरेको भनि पिडितका साथी चाईनिज नागरिक चउ चफिङ्गले सूचना दिए पश्चात तत्काल प्रहरी टोली परिचालन गरी ४ जना पक्राउ परेका हुन।

पक्राउ पर्नेमा जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गा.पा.वडा नं ५ वतन भएका बर्ष ३२ को दावा पासाङ्ग लामा , जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गा.पा.वडा नं.५ वतन भएका बर्ष ३२ को माईला भन्ने भक्त लामा, चीनका आङ्गखोई उहु स्थाई वतन भई हाल जिल्ला काठमाडौं का.म.न.पा.वडा नं १७ ठमेल वस्ने वर्ष ३२ को विउ रहेका छन।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.