गुर्जुधारामा टिपरको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु

गुर्जुधारामा टिपरको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु

गए राति काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ ।

कलङ्कीबाट थाङकाेट तर्फ जाँदै गरेकाे बा ४ ख २५७७ नम्बरको टिपरले बुधबार राति १० बजेतिर काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका दुइजनालाई ठक्कर दिएको थियो ।

टिपरकाे ठक्करबाट मृत्यु हुनेमा धादिङको गल्छी घर भइ हाल थापथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ हाल गुर्जुधारा बस्ने २५ वर्षीय सुवास हमाल रहेका छन् । टिपरकाे ठक्करबाट दुबैजनाकाे घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग, बलम्बुका प्रहरी निरीक्षक खेमराज राउतले जानकारी दिए ।

प्रहरीले टिपर र चालक रामचन्द्र थापालाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.