
ग्वार्कोमा टाटा सुमोको ठक्करबाट बि एन्ड बी अस्पतालका दुई कर्मचारीको मृत्यु
ललितपुरको ग्वार्कोमा टाटा सुमोको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
बिहीबार राति करिब ७ बजे तिर सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको प्रदेश-३-००१ च ०७१३ नम्बरको टाटा सुमोले ठक्कर दिँदा बिएण्डबी अस्पतालमा कार्यरत दुई कर्मचारीको मृत्यु भएको हाे ।
बिएन्डबी अस्पताल अगाडिकाे आकाशेपुल भन्दा अलि तलबाट बाटो काट्दै गरेका उनीहरूलाई उक्त सुमाेले ठक्कर दिएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक एसपी प्रज्वल महर्जनले जानकारी दिए ।
मृत्यु हुनेमा तनहुँ घर भइ ललितपुरको हरिसिद्धीमा बस्दै आएकी ३४ वर्षीय सुनिता सोती सापकोटा र ४५ वर्षीय कृष्णप्रसाद तिमल्सिना रहेका छन् । सुमोको ठक्करबाट गम्भिर घाइते भएका उनिहरुकाे उपचारकाे क्रममा बिएन्डबी अस्पतालमा मृत्यु भएको एसपी प्रज्वल महर्जनले जानकारी दिए ।
प्रहरीले ससुमो चालक दोलखा घर भइ इमाडोल बस्दै आएका ३१ वर्षीय मिनबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ।
अरु समाचार
ट्रकको ठक्करबाट मण्डलको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा आज बिहान ट्...
गुर्जुधारामा टिपरको ठक्करबाट दुई जना पैदल ...
गए राति काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारामा टिपरको ठक...
बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीन घाइते
बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा ...
भक्तपुरको कुखुरा फर्ममा आगलागी हुँदा २७ सय...
भक्तपुर चाँगुनारायणको एउटा पोल्ट्री फार्ममा आगलागी हुँदा २७ सय कुखु...
जीप दुर्घटना हुँदा दुईको मृत्यु
चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जीप दुर्घटना हुँदा ...
जन्ती चढेको गाडी दुर्घटना, बेहुलाबेहुलीसहि...
धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको...
गुल्मीमा जीप दुर्घटना, छ जनाको मृत्यु
इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटनामा परी छ जनाको मृत्यु भएको ...
नागढुङ्गामा ट्रकले किचेर एकको मृत्यु
काठमाडौँको नागढुङ्गामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । चन्द्र...