जीप दुर्घटना हुँदा दुईको मृत्यु

जीप दुर्घटना हुँदा दुईको मृत्यु

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा आज बिहान ९ः५५ बजे ना४च ५०५० नम्बरको बोलेरो जीप दुर्घटना हँुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकको नाम थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् ।

अहिले घाइतेको उद्धार गरी थप उपचारका लागि भरतपुर पठाइएको छ । उहाँका अनुसार सो बलेरो जीप अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत्को खम्बामा ठोक्किएका थिए । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगी घटनाबारे थप जानकारी लिने काम भइरहेको प्रवक्ता थापाले बताउनुभयो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.