
जन्ती चढेको गाडी दुर्घटना, बेहुलाबेहुलीसहित १३ घाइते
धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते भएका छन् ।
बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नं को उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खेसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहार घाइते हुनुभएको छ ।
बेहुलाको टाउकामा र बेहुलीका हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनभयो ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कैलाली प्रहरीको टोलीले घाइतेको उद्धार गरी अत्तरियास्थित पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ ।
अरु समाचार
ट्रकको ठक्करबाट मण्डलको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा आज बिहान ट्...
गुर्जुधारामा टिपरको ठक्करबाट दुई जना पैदल ...
गए राति काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारामा टिपरको ठक...
ग्वार्कोमा टाटा सुमोको ठक्करबाट बि एन्ड बी...
ललितपुरको ग्वार्कोमा टाटा सुमोको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। ...
बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीन घाइते
बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा ...
भक्तपुरको कुखुरा फर्ममा आगलागी हुँदा २७ सय...
भक्तपुर चाँगुनारायणको एउटा पोल्ट्री फार्ममा आगलागी हुँदा २७ सय कुखु...
जीप दुर्घटना हुँदा दुईको मृत्यु
चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जीप दुर्घटना हुँदा ...
गुल्मीमा जीप दुर्घटना, छ जनाको मृत्यु
इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटनामा परी छ जनाको मृत्यु भएको ...
नागढुङ्गामा ट्रकले किचेर एकको मृत्यु
काठमाडौँको नागढुङ्गामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । चन्द्र...