
बालिका बलात्कारको कसुरमा किशोरलाई १२ वर्ष ६ महिना जेल सजाय
जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ महिनाको जेल सजाय फैसला गरेको छ ।
बुधबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले कटारी नगरपालिका–५ का १५ वर्षीय किशोरलाई बालिका बलात्कारको कसुरमा १२ वर्ष छ महिनाको जेल सजाय गर्ने फैसला गरेको अदालतका तहसिलदार राजकुमार आचार्यले बताउनुभयो ।
यस्तै सोही किशोरसँगै सामूहिकरुपमा चार वर्षीया बालिका बलात्कार गर्ने अर्का ११ वर्षीय बालकलाई अदालतले अनुसन्धानसम्मको जेल सजायपछि बाँकी सजाय स्थगन गरेर सजाय मुक्त गरेको पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।
विसं २०७६ सालको चैत ६ गते दुवैले स्थानीय छिमेकी बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगसहित इलाका प्रहरी कार्यालय कटारीमा पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीमा उजुरी परेलगत्तै इलाका प्रहरीले पक्राउ गरेर दुवैलाई अनुसन्धानका लागि बाल सुधार गृहमा राखेर बलात्कारसम्बन्धी मुद्दा चलाएको थियो । बुधबार मुद्दा फैसला हुँदा ११ वर्षीय बालकको बाँकी कारवाही स्थगन भएको थियो भने १५ वर्षीय किशोरविरुद्ध १२ वर्ष छ महिनाको जेल सजायको फैसला भएको जिल्ला अदालत उदयपुरले बताएको छ ।
जेल सजाय पाएका किशोरलाई बालक भएका कारण १८ वर्ष हुँदासम्म विराटनगरस्थित सुधारगृहमा राख्ने र त्यसपछि कारागार पठाउने तयारी गरिएको पनि अदालतका सूचना अधिकारी तथा तहसिलदार आचार्यले बताउनुभयो ।
अरु समाचार
उच्च अदालत पाटनले थप सेवा शुरु गर्ने
कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीकै क्रम...
विप्लव नेतृत्वको नेकपाका नेता खत्रीलाई थुन...
सर्वोच्च अदालतले नेत्रविक्रम चन्द समूहका नेता चक्रबहादुर खत्रीलाई थ...
अदालतको अत्यावश्यक सेवा चैत २८ सम्म सञ्चाल...
सर्वोच्च अदालतलगायत सम्पूर्ण अदालतले यही चैत २८ गतेसम्म अतिआवश्यक स...
चैत २२ गतेसम्मका लागि देशभरका अदालत बन्द
विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्च आइतबारब...
पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई भ्रष...
ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र...
सिद्धबाबा प्रकरण : थुनछेक बहस चल्दै, अदालत...
आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादु...
सिद्धबाबालाई पुनः ३ दिनकाे म्याद थप
जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई पाँचौ ...
विद्यालयको रकम हिनामिना गरेको आरोपमा विद्य...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको रकम हिनामिना गरेको आर...