नेपाल इन्जिनियरिङ कलेजका पूर्वकार्यकारी अध्यक्ष पक्राउ

नेपाल इन्जिनियरिङ कलेजका पूर्वकार्यकारी अध्यक्ष पक्राउ

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई प्रहरीले पक्राउ परेका छन्।

तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका न्यौपानेलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको हो।

न्यौपाने रामेछाप मन्थली नगरपालिका-८ का हुन्। उनी काठमाडौं-४ चण्डोल बसोबास गर्दै आएका थिए।

उनलाई बुधबार चण्डोलस्थित निवासबाटै पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.