६ वर्षीया बालिकाको शव बोरामा फेला

६ वर्षीया बालिकाको शव बोरामा फेला

महोत्तरीमा बेपत्ता भएकी ६ वर्षीया बालिकाको शव बोरामा फेला परेको छ।

महोत्तरीको बर्दिबास नगरपालिका- १४ शुभम् बस्तीबाट बेपत्ता भएकी शहीद आलमकी छोरी गुलाब साह खातुनको शव सोमबार मध्यरातमा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए।

आइतबार साँझदेखि बस्तीबाटै हराएकी गुलाब साह खातुनको हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा शव फेला परेको हो। शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिमतर्फ रहेको खाली जग्गामा बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.