तासखालमा छापा, २९ लाखसहित १० जना पक्राउ

तासखालमा छापा, २९ लाखसहित १० जना पक्राउ

नेपालगंज उपमहानगरपालिका(४ बसपार्कस्थित कृष्ण सुबेदीको घरमा तास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने ४१ वर्षीय सन्तोष थापा लगायत १० जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटीएको प्रहरीले उनीहरूलाई नगद २९ लाख ४८ हजार ७ सय रुपैयाँ र ८ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.