वीरगन्जको श्री गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद

वीरगन्जको श्री गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद

पर्सा प्रहरीले वीरगन्जको श्री गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद गरेको छ। भारतीय नागरिक अशोक सिन्हाको कोठामा छापा मार्दा २३ किलो सुन बरामद भएको हो ।

अवैध सुन र चाँदी बरामद:-
मिति २०७७।०७।०१ गते अं.१३:३० बजेको समयमा जिल्ला पर्सा विरगंज म.न.पा.वडा नं.५ रेशमकोटी स्थितमा श्रीगणेश एपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नं.फ्लैटमा निम्न परिमाणको सुन तथा चाँदी जस्तो देखिने धातुहरु लुकाइ छिपाई राखिएको छ, भन्ने बिशेष सूचनाको अधारमा यस कार्यालयका कार्यालय प्रमुख प्र.उ.गंगा पन्त ज्यूको कमाण्डमा खटि गएको प्रहरी टोलीले भारत पूर्वी चम्मपारण हरैया निवासी अशोक सिन्हाको बस्ने गरेको फ्लैटबाट स्थानीय भद्र भलादमीको रोहब्बरमा रितपूर्वक खानतलासी तथा बरामद गरी यस कार्यालयमा ल्याइ निम्न सुन सम्बन्धी थप अनुसन्धान कार्य भइरहेको ।
निम्न:-
• सुन जस्तो देखिने धातु बिस्कुट १ के.जी.को दरले १३ वटा १३ के.जी.
• सुन जस्तो देखिने बिस्कुट मझौला 5TAELS9999 Gold ४६ पिस- ८ के.जी.५७६ ग्राम
• सुन जस्तो देखिने बिस्कुट सानो १०० ग्रामको दरले १० पिस १ के.जी.
• सुन जस्तो देखिने बिस्कुट जम्मा २२ के.जी.५७६ ग्राम
• सुनको जस्तो देखिने धातुको बिभिन्न गर-गहानाहरु जम्मा ६८१ ग्राम
• चाँदीको जस्तो देखिने गर-गहाना तथा थाल लगायत भाडा कुडा २ के.जी.२६२ ग्राम

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.