तीन सय रोपनी जग्गा उपलब्ध गराईदिने भन्दै ठगी गरेको अभियोगमा ८ जना पक्राउ
नेपाल सरकार अव्यवस्थित सुकुम्वासी समाधान आयोग काठमाडौंका गण्डकी प्रदेश कार्य समितिका पदाधिकारी हौं भन्दै तीन सय रोपनी जग्गा उपलब्ध गराईदिने झुठ्ठा व्यहोरा देखाई ठगी गरेको अभियोगमा ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-५ पर्स्याङ डेरा गरी बस्ने माछापुच्छ्रे गाउँपालिका-९ सिजिङ घर भएका ३९ वर्षीय हिरा बहादुर तामाङ, पोखरा महानगरपालिका-१४ कुडहर बस्ने म्याग्दी रघुगंगा गाउँपालिका-४ राफु घर भएका ३० वर्षीय रमेश कुमार परियार, सोही महानगरपालिका-१४ चाउथे बस्ने रुपन्देही सैनामैना नगरपालिका-९ बाँसगढी घर भएका ३५ वर्षीय ओम बहादुर सुनार, पोखरा महानगरपालिका-१३ बस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका-३ एक्ले घर भएकी ३७ वर्षीया रिता विश्वकर्मा, पोखरा महानगरपालिका-१७ चोरसाघु बस्ने २२ वर्षीया सोनु परियार, पोखरा महानगरपालिका-१३ बाँझपाटन बस्ने २७ वर्षीया सिता सुनार, पोखरा महानगरपालिका-१३ मियापाटन बस्ने ५० वर्षीय हर्क बहादुर बिक र सोही ठाउँ बस्ने २४ वर्षीय मौसम सदासंकर रहेका छन् ।
उनीहरुमध्ये हिरा, रमेश र ओमलाई पोखरा महानगरपालिका-१४ बाट, रिता, सिता, हर्क र मौसमलाई पोखरा महानगरपालिका-१३ बाट तथा सोनुलाई पोखरा महानगरपालिका-१७ बाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले झुठ्ठा व्यहोरा देखाई स्थानीय मानिसहरुलाई भर बिश्वास दिलाई पोखरा महानगरपालिका-१४ भोटे चौतारा एरियामा रहेको ३ सय रोपनी क्षेत्रफलमा घर जग्गा उपलब्ध गराईदिने र तत्कालै उक्त जग्गामा अमिन लगेर फिल्डमा नापजाँप गर्ने भनि रकम उठाई रहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ६१ हजार रुपैयाँ, बिभिन्न मितिमा बैठक गरिएका निर्णय रजिष्टर १ थान, नगद उठाएको रजिष्टर १ थान, नगदी रसिद प्याडहरु, नगद उठाएको रसिद प्याडको अर्धकट्टीहरु, बिभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी १९ थान, बिभिन्न व्यक्तिहरुको पासपोर्ट साईजको फोटोहरु र अव्यवस्थित सुकुम्वासी समस्या समाधान आयोग काठमाडौं लेखिएको गण्डकी प्रदेश कार्यसमिति गठन भएको पत्र १ थान समेत बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिहरु उपर थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...