जग्गा किर्ते गरी ठगी गरेको अभियोगमा पक्राउ

जग्गा किर्ते गरी ठगी गरेको अभियोगमा पक्राउ

जग्गा किर्ते गरी ठगी गरेको कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१३ कुसुन्ती ठेगाना भएका ३३ वर्षीय केवल प्रताप जंग बहादुर राणालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ रातोपुल, साधना गल्लीस्थित डेराबाट पक्राउ गरेको हो ।

राणाले मुकेश राजभण्डारीको नाममा किर्ते नागरिकताको प्रमाण-पत्र बनाई पर्सा बीरगञ्ज महानगरपालिका-५ स्थित कमलादेवी राजभण्डारीको नाममा रहेको कित्ता नम्बर ३, ७१, १४३ र १८६ को ५ कठ्ठा, १५ धुर, ९ कन्वा क्षेत्रफलमा बनेको घर समेतको जग्गा मालपोत कार्यालयका कर्मचारीहरुसँग मिलेमतो गरी जग्गा किर्ते कागजात बनाई २०७६ फागुन १९ गते आफ्नो नाममा राजीनामा पास गराई लिई सोही जग्गा पर्सा बीरगञ्ज महानगरपालिका-४ स्थायी वतन भएका एक व्यक्तिलाई बिक्री गर्न भनी ५० लाख रुपैयाँ बैना लिएको अनुसन्धनाको क्रममा खुल्न आएको हो ।

निजलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बीरगञ्ज पर्सा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.