स्वीकृतिबिना प्रहरीको पोशाक प्रयोग गर्न नपाइने

स्वीकृतिबिना प्रहरीको पोशाक प्रयोग गर्न नपाइने

नेपाल प्रहरीले स्वीकृतिबिना प्रहरीको पोशाक प्रयोग गर्न नपाइने स्पष्ट पारेको छ।

बिहीबार विज्ञप्ति जारी गर्दै चलचित्र, टेलिचित्र, सर्ट सिनेमा, टिकटक, प्राङ्क भिडिओ, सांगीतिक भिडिओमा प्रहरीको पोशाकको दुरूपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ।

त्यसरी प्रयोग गर्न परेमा नक्सालस्थित कार्यालयको जनसम्पर्क तथा प्रचार प्रसार ईकाईमा पोशाक प्रयोग गर्नुको कारण खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको कार्यालयले जनाएको छ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.