काठमाडौं, बर्दिया र धनुषामा एकै दिन ३ बलात्कारको घटना

काठमाडौं, बर्दिया र धनुषामा एकै दिन ३ बलात्कारको घटना

काठमाडौं, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका गोंगबु बस्ने बाजुरा घर भएका २१ वर्षीय विष्णुराज पाण्डेलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही महानगरपालिका-२६ गोंगबुस्थित गेष्ट हाउसमा ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बर्दिया, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-९ दुर्गाफाटा बस्ने ३९ वर्षीय चन्द्र बहादुर खत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । खत्रीले ती किशोरीलाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

धनुषा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मिथिला बिहारी नगरपालिका-९ अन्धुपट्टी बस्ने २१ वर्षीय सिकिन्द्र यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनियाँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.