
वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त पक्राउ
वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त काठमाडौं आरुवबारी बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ घर भएका २८ वर्षीय भिम बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ भदौ ११ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भइ फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ बौद्ध स्तुपामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि सोमबार जिल्ला अदालत बबरमहल काठमाडौंमा पठाइएको छ ।
साथै सोही मुद्दामा संलग्न रही फरार अभियुक्त तुल बहादुर तामाङलाई काठमाडौं महानगरपालिका-२८ डिल्लीबजारबाट शुक्रबार पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत बबरमहल काठमाडौं पठाइसकेको उक्त महाशाखाले जनाएको छ ।
अरु समाचार
बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद
जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक ...
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै श्रीमती ४६ वर्षीया श्रीमायाँ गोलेको हत्या गरेको अभियोगमा मकवा...
धम्काउदै रकम असुली गर्न खोजेको अभियोगमा पक...
धम्काउदै रकम असुली गर्न खोजेको अभियोगमा काठमाडौं बागबजार मोडल हस्पि...
काठमाडौंको चन्द्रागिरिमा एक पुरूषको हत्या
काठमाडौंको चन्द्रागिरिमा एक पुरूषको हत्या भएको छ। महानगरीय प्रहरी ...
३० बिगाहा जग्गामा लगाएको अवैध लागूऔषध गाँज...
राक्सिराङ गाउँपालिका-१ स्थित गाल्छाराङ, दुंगु, ज्यामिरे र विरालिटार...
स्रोत नखुलेको ३७ लाख नगद सहित पक्राउ
चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट स्रोत नखुलेको नगद ३७ लाख रुपैया...
मावन बेचबिखनमा संलग्न फरार अभियुक्त पक्राउ
गैरकानुनी रुपमा श्रीलंका पुर्याई मानव बेचबिखनमा संलग्न रही फरार रह...
विद्युतीय संयन्त्रमा अनाधिकृत पहुँच राख्ने...
भायानेट कम्युनिकेसन प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनाधिकृ...