झापामा बोलेरोको ठक्करले मृत्यु
बोलेरोको ठक्करले मृत्यु
शिवसताक्षी नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ बोलेरो जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा सोही स्थानकी ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नंको जीपले ठक्कर दिएपछि गम्भीर घाइते हुनुभएकी चापागाईँलाई बिर्तामोडको बिएन्डसी हस्पिटलमा लगिएकामा उपचारका क्रममा साँझ ७ः३५ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो ।
प्रहरीले जीप र चालक अमृतबहादुर योङ्हाङलाई नियन्त्रणमा लिएको जनाइएको छ । शव अहिले अस्पतालमै राखिएको छ ।
Facebook Comments
प्रकाशित मिति : मङ्गलबार, असोज १३, २०७७ १६:२३:४१
Facebook Comment
अरु समाचार
पाल्पा बस दुर्घटना, छ जना मृतकको सनाखत
पाल्पा बस दुर्घटनाका छ मृतकको सनाखत भएको छ । सात जनामध्ये एक जनाको ...
मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु
सुनसरी रामधुनी नगरपालिका-६ कान्छिचौक–चतरा सडक खण्डको सुनसरी खोला पु...
बस दुर्घटनामा २ जनाको मृत्यु, ३५ जना घाइते
सुनकोशी गाउँपालिका-३ छापागाउँस्थित सडकमा बा.३ ख ८०३० नम्बरको बस आफै...
मोटरसाइकलको ठक्करबाट पदैल यात्रीको मृत्यु
उदयपुर बेलका नगरपालिका ५ गलेनी स्थितमा पुर्वतर्फ जादै गरेको प्रदेश ...
रोकी राखेको टेम्पोमा रुख ढलेर एक जनाको मृत...
उदयपुर उदयपुरगढी गाऊपालिका ७ अधेरी स्थितमा रोकी राखेको टेम्पोमा सखु...
सुमो दुर्घटनामा चालकको मृत्यु तथा ४ जना घाइते
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका-२ सिमखोलास्थित सडकमा ना.१ ज २११४...
ट्याक्टर र टेम्पो ठोकिँदा दुईको मृत्यु
झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाले ज्यान गुमाए...
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारास्थित सडकमा ना.८ ख १९८९ नम्बरको ...