
सस्तोमा डलर साटीदिन्छु भन्दै नगद ५ लाख रुपैयाँ लुटपाट गरेको अभियोगमा पक्राउ
भक्तपुर नगरपालिका-१० कमलविनायक वसपार्कबाट सूर्यबिनायक बस्ने दोलखा घर भएका एक व्यक्तिलाई डलर देखाई सस्तो दरमा साटीदिन्छु भन्दै नगद ५ लाख रुपैंयाँ लुटपाट गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर चारदोबाटो डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन् ।
उक्त नगद लुटी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका-८ रातोपाटीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद ३ लाख ३१ हजार रुपैयाँ, २ थान मोबाइल, १ थान मोटरसाइकल, २ थान पर्स र ८ थान विभिन्न देशको डलर समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
अरु समाचार
काठमाडौंको चन्द्रागिरिमा एक पुरूषको हत्या
काठमाडौंको चन्द्रागिरिमा एक पुरूषको हत्या भएको छ। महानगरीय प्रहरी ...
३० बिगाहा जग्गामा लगाएको अवैध लागूऔषध गाँज...
राक्सिराङ गाउँपालिका-१ स्थित गाल्छाराङ, दुंगु, ज्यामिरे र विरालिटार...
स्रोत नखुलेको ३७ लाख नगद सहित पक्राउ
चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट स्रोत नखुलेको नगद ३७ लाख रुपैया...
मावन बेचबिखनमा संलग्न फरार अभियुक्त पक्राउ
गैरकानुनी रुपमा श्रीलंका पुर्याई मानव बेचबिखनमा संलग्न रही फरार रह...
विद्युतीय संयन्त्रमा अनाधिकृत पहुँच राख्ने...
भायानेट कम्युनिकेसन प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनाधिकृ...
बेलायत बस्दै आएका गायकको मृत्यु
करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भे...
थानाभर्याङमा पुरुषको शव फेला
हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा आज बिहान अन्दाजी ४५ वर्षीय ...
अपहरण तथा शरिर वन्धक गर्ने विदेशी नागरीक स...
अपहरण तथा शरिर वन्धक गर्ने विदेशी नागरीक सहित ४ जना व्यक्ति पक्राउ ...