काठमाडौंको सुरक्षाका लागि अब ‘संघीय राजधानी प्रहरी’ गठन हुने

काठमाडौंको सुरक्षाका लागि अब ‘संघीय राजधानी प्रहरी’ गठन हुने

संघीय राजधानी काठमाडौंको सुरक्षाका लागि अब ‘संघीय राजधानी प्रहरी’ गठन हुने भएको छ।

नेपाल प्रहरी र संघीय प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)को पहिलो संशोधन अध्यादेश २०७७ प्रमाणीकरण भएसँगै यस्तो व्यवस्था हुने भएको हो।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी उक्त अध्यादेश प्रमाणीकरण गरेकी छन्। केही दिनअघि मन्त्रिपरिषद बैठकले योसहित अन्य तीन अध्यादेश जारी गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको थियो।

गृह मन्त्रालयका अनुसार अब राजधानीको सुरक्षामा ‘संघीय राजधानी प्रहरी’ गठन हुने भएको छ। पहिले राजधानी बागमती प्रदेश मातहत थियो। अब राजधानीका तीन जिल्ला संघीय राजधानी प्रहरीमातहत रहने छन्।

संघीय राजधानी प्रहरी गठन हुने भएपछि हाल महानगरको अवधारणामा रहेको मेट्रो प्रहरी हट्ने भएको छ। मेट्रोमा हाल प्रहरी नायब महानिरीक्षक (डिआइजी) दरबन्दी छ।

संघीय राजधानी प्रहरीअन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुर रहने छन्।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.