
नक्कली पैसा दिएर पाँच तोला सुन लिएर फरार भएका २ जना पक्राउ
ललितपुरको ताल्छीखेलस्थित जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरीमा नक्कली नोट दिएर सुन खरिद गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२१ टेकू घर भई भक्तपुरको सल्लाघारी बस्ने इक्युज तुलाधर र वडा नम्बर २७ ज्याठा असन बस्ने अजय महर्जन रहेका छन् । उनीहरु दुवै जनालाई शुक्रबार महानगरीय अपराध महाशाखा ललितपुरले सार्वजनिक गरेको छ ।
उनीहरू असोज १ गते ताल्छिखेलको जय माँ दुर्गा ज्वेलर्समा सुन किन्नको लागि ग्राहक बनेर गएका थिए। प्रहरीका अनुसार सुन हेरेपछि उनीहरूले ज्वेलर्सका सञ्चालक डम्बर बहादुरलाई बिल बनाउन भनेका थिए। डम्बर बहादुरले बिल बनाउँदै गर्दा उनीहरूले ‘एकछिन है दाइ’ भनी फोनमा कुरा गरेको नाटक गर्दै सुन लिएर फरार भएका थिए।
प्रहरीले उनीहरुकाे साथबाट प्रिन्ट मेसिन एक थान, सिपियु १ थान, ल्यापटप १ थान, रु १ हजार दरका ४६५ थान नक्कली नोट, ३७ थान सक्कली नोट ३७ थान, सुनको रानीहार १ थान, तिलहरी १ थान, औंठी १ थान र २ थान मोबाइल बरामद गरेको छ ।
असोज १ गते उक्त ज्वलेर्सबाट प्रहरीले ४ लाख ६५ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको थियो । सुन पसलका सञ्चालक डम्बरबहादुर रिजालकाअनुसार सुन किन्न आएका उनीहरुले ५ लाख रुपैयाँ दिएर तिलहरी, नेक्लेस, औंठीलगायत गहना खरिद गरेका छन् । उनीहरुले १–१ लाखको पाँचवटा बण्डल दिएका थिए ।
पैसाको बण्डलको अगाडि र पछाडि सक्क्ली नोट भएपनि बीचमा नक्कली नोट राखिएको पाइएको थियो । उनीहरु १७ मिनेटमा काम सकेर पसलबाट बाहिरिका थिए ।
पक्राउ परेका उनीहरु माथि ललितपुर जिल्ला अदालतबाट मुद्रासम्बन्धी कसुरमा असोज ८ गतेदेखि लागू हुने ७ दिनको म्याद थपेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
अरु समाचार
मोटरसाइकल चोरी गर्ने गिरोहका सदस्य पक्राउ
जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई पक...
लुटपाट गरी भाग्दै गरेको अवस्थामा ४ जना पक्...
लुटपाट गरी भाग्दै गरेको अवस्थामा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्...
कपनमा सुन किन्न बोलाएर १३ लाख लुटपाट
राजधानीको बूढानीलकण्ठ नगरपालिका-११ कपनस्थित आनीगुम्बा नजिकै सुन किन...
काठमाडौं र ललितपुरका दुइ स्थानमा चोरी
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका- ८ गोठाटार बस्ने रामेछाप गोकुल...
हेटौंडा औधोगिक क्षेत्रभित्र धनमाल चोरी
हेटौंडा उपमहानगरपालिका-८ औधोगिक क्षेत्रस्थित नेशनल स्ट्रक्चर ईन्जिन...
ललितपुरमा मोटरसाइकलमा आएकाले सुनको सिक्री...
ललितपुर महानगरपालिका-१ कुपण्डोलस्थित सडकबाट पैदलयात्री सुनमाया तमाङ...
सिक्री लुट्ने तथा लुटेको सिक्री किनबेच गर्...
काठमाडौं महानगरपालिका-२३ झोंछेस्थित सडकमा हिँडिरहेकी महिलाले लगाएको...
ललितपुरको एकान्तकुनाबाट करिब २० लाखको सामा...
ललितपुर महानगरपालिका-१३ एकान्तकुनास्थित न्यू लक्ष्मीनारायण सुनचाँदी...