बझाङमा १२ वर्षीया बालिका मृत फेला

बझाङमा १२ वर्षीया बालिका मृत फेला

बझाङको मष्टा गाउँपालिका-२ की १२ वर्षीया सम्झना कामी बुधबार साँझ साढे ५ बजे घरबाट गाई-गोरु गोठभित्र बाँध्न निस्केकी थिइन्।

घरदेखि आधी घन्टा टाढा गोठ छ। त्यसको बीचमा लाछीगाड खोला।

खोलापारिपट्टी जंगल छिचोलेर गोठमा पुग्नुपर्थ्यो।

बिहान गाई-गोरुलाई बाहिर पगा लगाइने र साँझ गोठभित्र बाँध्ने गरिन्थ्यो।

बिहान गाई-गोरु बाहिर ल्याउने र साँझ भित्र बाँध्ने जिम्मा सम्झनाकै काँधमा थियो। उनी गोठमा गएको एक घन्टाभित्र घर आइपुग्थिन्।

बुधबार साँझ भने उनी दुई घन्टासम्म पनि फर्किनन्। नातिनी घर नफर्केपछि हजुरबुवा गोरख खोजीमा निस्के। जताततै खोजी गर्दा पनि फेला पार्न सकेनन्।

त्यसपछि उनले गाउँलेलाई गुहारे।

गाउँलेहरू मिलेर सम्भावित ठाउँमा हेर्दा पनि सम्झना कतै भेटिइन्। त्यसपछि गोठ नपुग्दैको सिमदेवता मन्दिर गए। त्यहाँ सम्झनाको लास थियो।

निर्वस्त्र सम्झनाको शरीरभरि निलडाम र टाउकोमा चोट थियो। उनलाई पहिले बलात्कार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार सम्झनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। विस्तृतमा रिपोर्ट आइसकेको छैन। प्रारम्भिक रिपोर्टमा बलात्कार खुलेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.