तेल बोकेर काठमाडौं आउदै गरेकाे ट्यांकर त्रिशूलीमा खस्यो

तेल बोकेर काठमाडौं आउदै गरेकाे ट्यांकर त्रिशूलीमा खस्यो

पृथ्वी राजमार्गस्थित गल्छी बैरेनीको नमस्ते ग्यास उद्योग नजिकको मोडबाट शनिबार मध्यराति पेट्रोल बोक्ने ट्यांकर त्रिशूलीमा खसेको छ  ।

अमलेखगञ्जबाट काठमाडौं आउदै गरेकाे उक्त ट्यांकर खसेपछि तेल भर्ने भागमा आगलागी समेत भएको थियाे । पानीमा माथिल्लो भाग मात्रै देखिएको उक्त ट्यांकरमा आगलागी भएकोले उद्धारमा समेत कठिनाइ भएको प्रहरीले जनाएकाे छ ।

उक्त ट्यांकरमा चालकसहित कति जना व्यक्ति सवार थिए भन्ने खुल्न सकेकाे छैन । उद्धारका लागि चितवनको कुरिनटारबाट सशस्त्र प्रहरीको गोताखोर बोलाइएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.